• ट्रेण्डिङ्ग :
जंगलमा धराप थाप्ने तीन जना पक्राउ

जंगलमा धराप थाप्ने तीन जना पक्राउ


  • 3.3K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    जंगलमा धराप थाप्ने तीन जना पक्राउ

    धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थाप्ने तीन जना सोमबार पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।

    उनीहरूले जंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए। घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो।

    इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन्।


    तेस्रो आँखा