काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप २० पुरुष क्रिकेट प्रतियोगितामा उपाधिका लागि एपीएफ र पुलिस भिड्ने पक्का भएको छ।
कीर्तिपुरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेसँगै पुलिससँगको भिड्ने पक्का भएको हो। आर्मीलाई एपिएफले ४७ रनले पराजित गरेको हो।
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा एपिएफले दिएको २ सय ३१ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो । र यो पटक आफ्नो उपाधि चुम्ने लक्ष्य त्यही अन्त्य गर्यो।
आर्मीका लागि राजेस पुलामीले ३८, भिम सार्कीले ३५, सुमित श्रेष्ठले १४, हरी चोहानले २२, शाहब आलमले २१ र बिक्रम सोबले १२ रन बनाएका थिए ।
एपिएफका सरद भेषवाकरले तीन विकेट, भुवन कार्की र अभिनाश बोहराले समान दुई दुई विकेट तथा दिपक बोहोरा र किशोर महतोले समान एक एक विकेट लिए।
एपिएफका लागि आशिफ शेखले ८४, लोकेश बमले ६६, र प्रदिप ऐरीले ५७ रन को योगदान गरे। आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान एक एक विकेट लिए।
नेपाल पुलिसले भने मंगलबारकै सेमिफाइनलको पहिलो खेलमा बागमतिलाई पराजित गरी फाइनलको यात्रा तय गरेको थियो।
प्रतियोगिताको फाइनल नेपाल पुलिस र एपिएफ क्लबबीच बुधबार हुनेछ त्रिवि क्रिकेट रंगशालामानै हुनेछ।
