तोलामा एक सयले बढ्यो सुनको मूल्य

तोलामा एक सयले बढ्यो सुनको मूल्य


  • 6.8K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    तोलामा एक सयले बढ्यो सुनको मूल्य

    काठमाडौं, ५ माघ । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ प्रतितोला एक हजार ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुन

  • तेस्रो आँखा