आयुस, कमल र दिनेश बन्द प्रशिक्षणमा सामेल नहुने

आयुस, कमल र दिनेश बन्द प्रशिक्षणमा सामेल नहुने


  • 7.0K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    आयुस, कमल र दिनेश बन्द प्रशिक्षणमा सामेल नहुने

    काठमाडौं, ५ पुस । मंगलबारबाट सुरु भएको नपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा आयुस, कमल र दिनेश सामेल नहुने भएका छन् ।  राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुलाईरीले बन्द प्रशिक्षणका लागि ३४ जना खेलाडी बोलाएका थिए ।

    images

    मंगलबार बाट सुरु भएको बन्द प्रशिक्षणमा आयुस घलान, दिनेश योन्जन र कमल थापा गरि तीन खेलाडी सहभागी नहुने भएका छन् ।  आयुस र दिनेश चोटका कारण र दिनेश पारिवारिक कारण प्रशिक्षण बाहिर रहने भएका हुन् । यस अघि तीनै खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने सूचीमा रहेका थिए । 

    तर मुख्य प्रशिक्षक  अल्मुताईरीले प्रशान्त अवस्थीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् भने सन्तोष तामाङ चोटबाट मुक्त हुँदै टिममा फर्किसकेका छन् । अफ्रिकी राष्ट्र परिससविरुद्धको मेत्रीपूर्ण खेलका लागि नेपालले तयारी सुरु गरेको हो । नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा नेपालको दशरथ रंगशालामा हुनेछ ।  

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप