अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण


  • 6.5K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

    एजेन्सी, ५ माघ । अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ।

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो ।

    कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ। ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका यो वर्ष कोभिडबाट अझै प्रभावित छ। अमेरिकाका अधिकांश कोभिड अस्पताल बिरामीले भरिएका छन्।

    प्रभावित राज्यमा सेनाको स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने बाइडेन प्रशासनले बताउँदै आएको छ। अमेरिकामा औषतमा दैनिक संक्रमितको संख्या साढे सात लाख छ। 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा