• ट्रेण्डिङ्ग :
चिडियाखाना अवलोकन गर्न खोप कार्ड अनिवार्य

चिडियाखाना अवलोकन गर्न खोप कार्ड अनिवार्य


  • 8.8K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    चिडियाखाना अवलोकन गर्न खोप कार्ड अनिवार्य

    काठमाडौं, ५ माघ । कोरोना भाइरस संक्रमितकाे संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ।

    images

    कारोना संक्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो।

    कोरोना भाइरसविरुद्धको खाेप काड साथमा लानु पर्ने चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले जानकारी दिए । उनकाअनुसार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।   

    सामान्य अवस्थामा जति पनि मानिसलाई अवलोकनका लागि प्रवेशमा पनि रोक लगाइएको छ भने एकपटकमा ५०० मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ। त्यसैगरी अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्नेछ।   

    आगामी दिनमा कोरोना बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गर्ने आवश्यक परे २०० मा अवलोकनकर्तालाई प्रवेश गराइने पनि जनाइएको छ। स्वास्थ्यमापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको चिडियाखानाले जनाएकाे छ ।  

    हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन्।

  • सम्बन्धित विषय:

  • # चिडियाखाना
  • # खोप कार्ड

  • तेस्रो आँखा