'लालीगुराँस' कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

'लालीगुराँस' कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी


  • 10.5K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    'लालीगुराँस' कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

    एजेन्सी,  ६ माघ । हिमाली क्षेत्रमा पाइने 'लालीगुराँस' फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्।

    images

    इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन्।

    कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो। 

    बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा.श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ। कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन्।
     

     

  • सम्बन्धित विषय:

  • # कोभिड
  • # 'लालीगुराँस'
  • # नियन्त्रण

  • तेस्रो आँखा