आहा रारा गोल्ड कप : एपिएफद्धारा विजयी सुरुवात

आहा रारा गोल्ड कप : एपिएफद्धारा विजयी सुरुवात


  • 6.4K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    आहा रारा गोल्ड कप : एपिएफद्धारा विजयी सुरुवात

    काठमाडौं, ६ माघ । आहा रारा गोल्डकपमा विभागिय टिम एपिएफले सहारा क्लब पोखरालाई दुई शून्यले पराजित गर्दै विजय सुरुवात गरेको छ।

    images

    मोफसलकै चर्चित खेल आहा रारा गोल्ड कपको २० औं संस्करण पोखराको पोखरा रंगशालामा बिहीबारदेखि सुरु भएको छ। २० औं संस्करणको पहिलो खेलमा एपिएफले साहारा क्लब पोखराविरुद्ध आवास लामिछाने र प्रदिप लामाको एक एक गोलको मदतले दुुई शून्यको जित हासिल गरेको हो ।  

    एपीएफका लागि आवास लामिछानेले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने प्रदिप लामाले खेलको ६० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

    सहारा क्लब पोखराले खेलमा केही गोल गर्ने अवसर बनाएपनि गोल गर्न नसक्दा एपीएफलाई दुई शून्यको नतिजा सुम्पिनु परेको हो।  
    आहा रारा गोल्डकपका सबै खेलहरु नकआउट चरणमा हुनेछन्। आवास लामिछाने २० औं संस्करणको आहा रारा गोल्ड कपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। 

  • सम्बन्धित विषय:

  • # आहा रारा गोल्ड कप

  • तेस्रो आँखा