हवाई-यात्रुको पीडा
आधारभूत उपभोक्ता अधिकार पनि छैन

आधारभूत उपभोक्ता अधिकार पनि छैन


  • 9.7K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    आधारभूत उपभोक्ता अधिकार पनि छैन

    काठमाडौं, ६ माघ। बिहिबार काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरको जहाज समयमै अवतरण हुन सकेन। बिहान ७ः४४ बजे काठमाडौंबाट उडेको जहाज नेपालगन्जमा बिहान ८ः४४ मा अवतरण हुनुपर्ने थियो। विमान झण्डै ३४ मिनेट आकाशमै होल्ड भएपछि एकजना यात्रु जाहजमै बेहोसै भए। मौसम प्रतिकुल भएपछि जहाज होल्ड भएको थियो। बिहिबारको यो प्रतिनिधिमूलक घटना हो।

    images

    हवाई यात्रालाई तुलनात्मक रुपमा सुरक्षित र समयको वचत हुने यात्रा मानिन्छ। त्यसकारण महंगो हुँदाहुँदै पनि हवाई यातायातको प्रयोग हुने गर्दछ। तर नेपालका हवाई यात्रुहरुले आधारभुत उपभोक्ता अधिकार समेत प्रयोग गर्न पाइरहेका छैनन्। विमान कम्पनिहरुको लापरवाहीका कारण जहाज चढ्ने यात्रुहरुले कैयन पटक यस्ता सास्ती बेहोर्नु परेका उदाहरण नेपालमा छन्। जहाजमा चढिसकेपछि होस् वा जहाज चढ्नका लागि बिमानस्थलमा होओस्, विमान कम्पनीहरुले समयमै र सही सूचना नदिँदा यात्रुहरुले आफ्नो उपभोक्ता अधिकार गुमाउनु परिरहेको छ। विमान कम्पनीहरुबाट हुने यस्तो व्यवहार हवाई सम्बन्धी अन्तर्राष्ट्रिय नीतिको खिलाप हो । 
     
    मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय सन्धी अनुगमन महाशाखाले गरेको अध्ययनका क्रममा नेपालमा जहाज चढ्ने यात्रुहरुले आफ्नो उपभोक्ता अधिकार प्रयोग गर्नै नपाएको तथ्य बाहिर आएको छ। सो अध्ययनमा विमान कम्पनी तथा बिमानस्थलको कमजोरीका कारण हवाइ उपभोक्ताहरु आफ्नो अधिकारवाट वञ्चित रहेको निश्कर्ष उल्लेख गरिएको छ। 

    महाशाखाका उपसचिव मञ्जु खतिवडाकाअनुसार जहाज चढ्ने यात्रुहरुले बिमानस्थलबाट कुनै पनि सूचना समयमै पाउँदैनन्। यात्रुहरुसँग गरिएको सोधपुछका क्रममा नेपालका विमानहरु आधा घण्टादेखि ८ घण्टासम्म डिले भएका छन्। तर त्यसको पूर्व सूचना सही रुपमा यात्रुहरुले पाउँदैनन्। विमान उड्न ढिला हुने अवस्थामा यात्रुरुलाई पूर्व सूचना प्रवाह गरिनु पर्छ,‘खतिवडा भन्छिन् ‘तर यात्रुहरुले पूर्व जानकारी पाउँदैनन्, यात्रुहरुले विमान उडानको समय परिवर्तन भएको बिमानस्थल पुगेपछि मात्रै थाहा पाउँछन्।’ एयरपोर्टको सूचना बोर्डमा जहाज ढिला भएको सूचना हेरेर मात्रै यात्रुहरुले थाहा पाउने गरेको सो अध्ययन प्रतिवेदनमा जनाइएको छ।

    विमान कम्पनीहरुले पटक पटक उडान तालिका परिवर्तन गर्ने गर्दछन् तर यात्रुहरुको सुनुवाइ कक्षलेसमेत चासो नदिने गरेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  

    बढी सास्ती भोग्नेमा कर्णालीवासी

    कर्णाली प्रदेशमा उडान डिलेको समस्याका कारण अझ बढी यात्रुहरुले सास्ती पाउनु परेको प्रतिवेदनमा उल्लेख छ। आयोगका उपसचिव खतिवडाका अनुसार कर्णालीमा उडान नियमीत नहुने र मौसम हेरेर मात्रै उडान हुने हुँदा यात्रुहरुले लामो समयसम्म बिमानस्थलमा कुर्नुपर्ने समस्या देखिएको छ। यसैगरि कतिपय विमानहरुले दिउँसोको डिलेको कारण देखाई राती उडान गर्दा यात्रुहरुले असुरक्षित महसुस गर्ने गरेकोसमेत आयोगको प्रतिवेदनमा उल्लेख छ। हिमाली क्षेत्रहरुमा त नियमीत उडान बेवास्ता गरेर अन्य बिमानस्थलतर्फ यात्रुहरु ओसार्न जाने गरेकोसमेत आयोगको अध्ययनले देखाएको छ। जसका कारण नियमती उडानका लागि यात्रा गर्न यात्रुहरुलाई लामो समयसम्म पर्खनु परेको जनाईएको छ।   

    सूचनावाट बञ्चीत, महंगो खान बाध्य

    उडान ढिला भएको पूर्व जानकारीविना हवाई यात्राका बिमानस्थल पुग्ने यात्रुहरुले घण्टौँसम्म बिमानस्थलमा बिताउँनुपर्छ। अनि बिमानस्थलमा गुणस्तरहिन र महंगा खाने कुराहरु खानु पर्ने बाध्यता रहेको आयोगको अध्ययनले देखाएको छ। ‘लामो समय सम्म बिमानस्थलमा बस्नु पर्दा यात्रुहरुले महंगा र गुणस्तरहिन खानेकुरा खाएर बस्नु पर्ने बाध्यता छ,’ प्रतिवेदनमा उल्लेख छ। 
    पहाडी भेगमा केही विमान सेवा कम्पनिहरुले बिहानै यात्रुहरुलाई बोलाउने र दिनभरी कुराएर साँझ पख उडान रद्ध गरिएको जानकारी दिने गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ। 

    झोलीभिम्टी बोकी फर्कन बाध्य

    उडानको समय पर्खिएका यात्रुहरु साँझ परेपछि उडानै रद्ध हुँदा यात्रुहरुले आफ्नो सामानको व्यवस्थापन आफै गर्नु पर्ने अवस्था रहेको आयोगको अध्ययनले देखाएको छ । जबकी अन्तर्राष्ट्रिय मान्यताअनुसार उडान रद्ध भई अर्को दिन मात्रै उडान हुने भएमा यात्रुहरुको सामानको व्यवस्थापन विमान सेवा कम्पनिहरुले गर्नुपर्ने हु्न्छ। ‘साँझको समयमा उडान रद्ध भयो भने यात्रुहरु घर फर्किनु पर्ने हुन्छ,’ खतिवडाको प्रतिवेदनमा उल्लेख छ ‘तर यात्रुहरुको सामान विमान सेवा कम्पनीहरुले व्यवस्थापन गरिँदिदैनन्, यात्रुहरु आफैले लिएर जानु पर्छ ।’ 

    सूचना नदिने अनी विवाद गर्ने प्रवृत्ति

    उडान ढिलो हुदा र उडान ढिलो हुनुको जानकारी समयमै यात्रुहरुले नपाउँदा यात्रुहरु विमान कम्पनिका प्रतिनिधिहरुका बिचमा बिवादसमेत हुने गरेको आयोगको अध्ययनले देखाएको छ। ‘यस्तो अवस्थामा प्रहरीले कैयन पटकका बवाद सल्ट्याउनु परेको छ,’ खतिवडाको प्रतिवेदनमा उल्लेख छ।

    आयोगकै प्रतिवेदनमा नेपालमा मौसमको दृश्यता जाँच गर्ने यन्त्र तथा मौसम पूर्वानुमानको व्यवस्था नरहेकाले मौसमका कारण उडानमा हुने ढिलाइको एकिन समय दिन गाह्रो हुने गरेको विमान कम्पनीहरुलाई उदृत गर्दै उल्लेख गरिएको छ ।  

    सूचना नपाउँदा बिमानस्थलमा सास्ती 

    विमान डिले भएको पूर्व जानकारी यात्रुहरुले पाउँदैनन्। उनीहरु उडानको निर्धारित समय भित्रै बिमानस्थल पुग्छन्। अनि बल्ल उडान डिले भएको थाहा पाउँछन्। डिले भएको उडान कति समय पछि हुन्छ यो पनि एकिन थाहा हुँदैन। अनि घण्टौँसम्म उडानको समय पर्खेर बस्ने यात्रुहरुले बिमानस्थलमै अनेकन सास्ती बेहोर्ने गरेको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ। बिमानस्थलमा यात्रुहरुको चाप बढे पनि विश्राम स्थल, खानेपानी, शौचाललगाएतको पर्याप्त सुविधा नहुँदा यात्रुहरुले सास्ती बेहोर्नु परेको आयोगको अध्ययनले देखाएको छ। उडान स्थगित हुँदा कैयन यात्रुहरु बेखर्ची भएर आफन्तकोमा बस्नु परेको समस्या परेका घटनासमेत आयोगले अध्यनन गरेको छ ।


    तेस्रो आँखा