• ट्रेण्डिङ्ग :
बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको तीनबुँदे निर्देशन 

बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको तीनबुँदे निर्देशन 


  • 3.7K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको तीनबुँदे निर्देशन 

    काठमाडौं, १४ फागुन । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीनबुँदे निर्देशन दिएको छ । कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । 

    images

    रोग पहिचान भएपछि सोही व्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ । 

    भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची–९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ । 


    तेस्रो आँखा