काठमाडैं,७ माघ । घानाको यपिएट शहरमा भयंकर विष्फोट भएको छ । विष्फोटबाट कयौं भवनहरु भत्किएका छन् ।घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको बताइएको छ ।
स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विष्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।
