विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने 

विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने 


  • 5.1K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने 

    काठमाडौं, ७ माघ । आईसीसी पुरुष टी-२० को पहिलो खेलमा श्रीलंकाले नामिवियासँग सामना गर्ने भएको छ ।

    images

    विश्वकप खेल अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्टे«लियामा हुँदैछ। पहिलो चरणअन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ।

    पहिलो चरणको समूह ‘ए’ अन्तर्र्गत श्रीलंका र नामिवियाको साथमा ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । त्यस्तै समूह ‘बी’ मा स्कटल्याण्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाटै  आउने दुई टिम रहनेछन् ।

    प्रतियोगिताको सुपर १२ का खेलहरु अक्टोबर २२ देखि र सेमिफाइनलका खेलहरु नोभेम्बर ९ देखि हुनेछन्। सुपर १२ अन्तर्गतको समूह एकमा अफगानिस्तान, अष्टे«लिया, इंगल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहने छन्।

    समूह दुईमा बंगालादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित दोस्रो चरणबाट आउने दुई टोली रहनेछन् । 
    विश्वकपको फाइनल खेल मेलवर्न क्रिकेट ग्राउन्डमा नोभेम्बर १३ मा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आईसीसी पुरुष टी-२०

  • तेस्रो आँखा