केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बिक्री गर्ने व्यक्ति पक्राउ 

केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बिक्री गर्ने व्यक्ति पक्राउ 


  • 4.0K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बिक्री गर्ने व्यक्ति पक्राउ 

    काठमाडौं, ७ माघ । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्ति पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    images

    प्रहरीले मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरेको छ। उनले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी ‘स्पर्स हनी’ ब्राण्डमा गुणस्तरहीन मह बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

    स्पर्स हनी भन्ने ब्राण्ड दर्तासमेत छैन । सो मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा परीक्षण गर्दा खानयोग्य नरहेको पाइएको प्रहरीले जनाएको छ । उनले मह बनाउन प्रयोग गरिने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी ल्याउने र गुणस्तरहीन मह बनाएर काठमाडौं, भक्तपुर र पोखराका होटल तथा रेष्टुरेन्टहरुमा ६५० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको पाइएको छ।

    मह बनाउन उनले ३० प्रतिशत गुल्कोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गुणस्तरहीन मह

  • तेस्रो आँखा