हिमालयन शेर्पालाई सडनडेथमा हराउँदै पुलिस दोस्रो चरणमा 

हिमालयन शेर्पालाई सडनडेथमा हराउँदै पुलिस दोस्रो चरणमा 


  • 5.3K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    हिमालयन शेर्पालाई सडनडेथमा हराउँदै पुलिस दोस्रो चरणमा 

    काठमाडौं, ६ माघ । हिमालयन शेर्पा क्लबलाई सडनडेथमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस आहा रारा गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ।

    images

    शुक्रबार पोखराको पोखरा रंगशालामा भएको २० औं चरणको दोस्रो खेलमा दुबै टिमले ९० मिनेटको समयमा एक एक बराबरी खेलेका थिए। त्यसपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो, त्यसमा पनि बराबरी भएपछि खेल सडनडेथमा गएको थियो।

    पुलिसका लागि खेलको ५१ औं मिनेटमा निरकुमार राई ले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एक शुन्यले पछाडी परेको टिमलाई खेलको ५८ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलको एक एक को बराबरीमा फर्काएका थिए।

    ९० मिनेटको समयमा एक एक को बराबरी भएपछि खेलमा १५/१५ मिनेट गरि थपिएको ३० मिनेटको समयमा पनि दुबैतर्फबाट गोल नआएपछि खेल पनाल्टीतर्फ धकेलिएको थियो।

    पेनाल्टी शुटआउटमा पनि पाँच/पाँच पेनाल्टीमा दुबै टिमले चार/चार गोलको बराबरी खेलेका थिए। त्यसपछि खेल सडनडेथमा गएको थियो। सडनडेथमा पूर्ण बहादुरले गरेको प्रहारलाई पुलिसका गोलकिपर रोशनले रोक्दै पुलिसको जीत सुनिश्चित गरे।

    सडनडेथमा दुबै टिमका दुई/दुई खेलाडीले गोल प्रहार गरेका थिए तर त्यसमा हिमालयन शेर्पाका एक खेलाडीले गोल गर्नबाट चुक्दा जीत सुम्पिनु परेको हो। नेपाल पुलिस आहा रारा गोल्ड कपको पाँच पटकको च्याम्पियन हो।  

  • सम्बन्धित विषय:

  • # हिमालयन शेर्पा

  • तेस्रो आँखा