• ट्रेण्डिङ्ग :
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक


  • 3.4K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक

    काठमाडौँ, १९ फागुन/ औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।  विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो । 

    images

    उहाँका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उहाँले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो । 


    तेस्रो आँखा