• ट्रेण्डिङ्ग :
वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी

वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी


  • 3.5K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.4K Views

    वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी

    अछाम १९ फागुन/अछामको साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

    images

    हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको हो । स्थानीय , दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । १४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ । 


    तेस्रो आँखा