• ट्रेण्डिङ्ग :
कुन्तादेवीमा सनराइजको शाखारहित बैंकिङ सेवा

कुन्तादेवीमा सनराइजको शाखारहित बैंकिङ सेवा


  • 8.8K
    SHARES
    • माघ ८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    कुन्तादेवीमा सनराइजको शाखारहित बैंकिङ सेवा

    काठमाडौं, ८ माघ । सनराइज बैंक सिद्धिचरण शाखाले जिल्लाको पाँचौ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। आज मोलुङ गाउँपालिका १ कुन्तादेवीमा शाखारहित सेवा सुरु गरेको हो।  

    images

    बैंकले नागरिकलाई गाउँमै सेवा दिने उदेश्यका साथ गाउँ गाउँमा शाखारसहित सेवा विस्तार गरिरहेकोे सनराइज बैंक सिद्धिचरण शाखाका सहायक कर्जा अधिकृत सुमन दाहालले जानकारी दिए।

    शाखारहित बैंकिङमा एटीएम मार्फत कारोबार गर्न सकिने, पोस मेसीन मार्फत खाता खोल्न, डिपोजिट गर्न र भुक्तानी गर्न सकिने दाहालले बताए। यो सँगै रुम्जाटार, रामपुर, केत्तुके र श्रीचौर गरी ओखलढुंगामा ५ वटा शाखारहित सेवा सुरु भैसकेको दाहालले जानकारी दिए।

    वडा अध्यक्ष प्रदीप बानियाको प्रमुख आतिथ्यता र सनराइन बैंक सिद्धिचरण शाखा प्रबन्धक चुडाराज सुवेदीको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरी शाखारहित सेवा विस्तारको कार्य सुरु गरिएको बैंकले जनाएको छ। सनराइज बैंकको यो ८५ औं शाखारहित बैंकिङ सेवा हो ।    

     


    तेस्रो आँखा