• ट्रेण्डिङ्ग :
दाङका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो 

दाङका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो 


  • 4.0K
    SHARES
    • फाल्गुण २५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.2K Views

    दाङका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो 

    तुलसीपुर २५ फागुन/आज महा शिवरात्री पर्व । आजको दिनमा बिहानैदेखि देशका विभिन्न शिवालय मन्दीरहरुमा भक्तजनको घुइँचो लागेको छ । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा दाङको तुलसीपुर स्थित त्रिशिद्धेश्वरी मन्दिर, धारापानी मन्दीर, शितलपुर मन्दीर लगायत दर्जनौ शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । बिहानैदेखि दर्शनार्थीहरु लाइनमा बसेर भगवान शिवको पुजा आरधना गरि रहेका छन् ।

    images

    खासगरी शिव प्रकट भएको दिनको रुपमा शिवरात्रिलाई लिने गरिन्छ । बिशेष गरेर फागुन कृष्ण पक्षको त्रयोदशी तिथीमा शिव प्रकट भएको र उहाँ यो सृटीको सम्हारकर्ताको रुपमा रहेकाले महादेवलाई विशेष गरेर पुजा आरधना गर्दै शिवको महिमा पाठ गरी शिवरात्रि वर्ष मनाउने गरिएको त्रिशिद्धेश्वरी मन्दिरका पुजारी कुलचन्द्र भट्राईले जानकारी दिए । भगवान महादेव कल्याणकारी भगवान भएकाले उहाँको सम्झनामा कल्यान चाहने भक्तजनहरु शिवरात्रिको दिन उपासना गर्नु पर्ने शास्त्रिय मान्यता रहेकाले शिवरात्रिलाई विशेष दिनको रुपमा शिवको पुजा गरिने पुजारी भट्टराईले जानकारी दिए ।

    शिवरात्रिमा वर्त बसेर सच्चा मनले शिवको पुजा गरेपछि मनले चाहेको ईच्छा चाहना पुरा हुने, शुभव्रदान प्राप्त गर्ने धार्मिक विश्वास छ । पुजारी भट्टराईका अनुसार त्रिशिद्धेश्वरी मन्दिरमा गत वर्षको तुलनामा यो वर्ष दर्शनार्थी बढेका छन् । खासगरी तुलसीपुर क्षेत्र लगायत पश्चिम दाङ, सल्यान रुकुम, रोल्पाबाट समेत भक्तजन दर्शन गर्न आएका छन् । 


    तेस्रो आँखा