भजन प्रतियाेगितामा मौलाकालिका धार्मिक सेवा समिती प्रथम

भजन प्रतियाेगितामा मौलाकालिका धार्मिक सेवा समिती प्रथम


  • 5.5K
    SHARES
    • फाल्गुण २५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.4K Views

    भजन प्रतियाेगितामा मौलाकालिका धार्मिक सेवा समिती प्रथम

    गैंडाकोट । वैदिक सनातनीहरुको महान् चाड महाशिवरात्रिका अवसरमा शुक्रवार गैंडाकोटमा रहेको श्री महादेव मन्दिर सेवा समितीले शिव महिमा सङ्गितमय भजन प्रतियोगिता मन्दिर परिसरमा सम्पन्न गराएको छ ।

    images

    गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले पानसमा दिप प्रज्वलनगर्दै कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले स्त्री र पुरुषको शक्ति सन्तुलन पनि भगवान शिवबाट सिक्न सकिने बताउदै शिव भगवानको सकारात्मक पक्षलाई अगाल्नु पर्नेमा जोड दिए ।

    received_372183482295507.jpeg

    कुल आठ भजन समूह सहभागी भएको प्रतियोगितामा मौलाकालिका धार्मिक सेवा समिती गैंडाकोट १ ले प्रथम स्थान प्राप्त गर्न सफल भयो । कालिका मा.बि कालिका आश्रम गैंडाकोट ८ दोस्रो, लक्ष्मी नारायण भजन कृतन समूह गैंडाकोट ८ तेस्रो र सिताराम मन्दिर गैंडाकोट ६ ले सान्त्वना स्थान प्राप्त गरेको प्रतियोगितामा पहिलो, दोस्रो,तेस्रो र सान्त्वनाले क्रमशः पन्ध्र हजार, दस हजार, पाँच हजार र एक हजार पाँच सय रुपैयाँको पुरस्कार प्राप्त गरेका थिए । श्री महादेव मन्दिर सेवा समिती अध्यक्ष हिमलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष शुवास चापागाईं, ऋषिराम अधिकारी, किसान गुरुङ लगायतका अतिथीहरु रहेको कार्यक्रमलाई डिल्ली अम्बैले सहजीकरण गरेका थिए ।

    received_1349314412429840.jpeg
    received_1106887413768787.jpeg


    तेस्रो आँखा