ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण


  • 5.1K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

    एजेन्सी, ९ माघ । बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो।

    images

    क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो। विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् । 

    विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ। तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट पठाएको मेलबाट पनि कोभिड सर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् । 

    विश्वमा अन्य देशहरुको तुलनामा चीनको संक्रमण दर न्यून छ। चीनले कोभिडविरुद्ध शून्य सहनशिलताको नीति अप्नाउदै आएको छ। ४ फेब्रुवरीदेखि सुरु हुने ओलम्पिक खेलका लागि विभिन्न देशहरुबाट अतिथि आउने क्रम सुरु भएको थियो।
     

  • सम्बन्धित विषय:

  • # ओलम्पिक खेल
  • # कोभिड परीक्षण

  • तेस्रो आँखा