• ट्रेण्डिङ्ग :
जोरबिजोर प्रणाली : यात्रुको चापले बढ्दै कोरोना संक्रमणकाे जोखिम

जोरबिजोर प्रणाली : यात्रुको चापले बढ्दै कोरोना संक्रमणकाे जोखिम


  • 6.3K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    जोरबिजोर प्रणाली : यात्रुको चापले बढ्दै कोरोना संक्रमणकाे जोखिम

    काठमाडौं, ९ माघ । काठमाडौं उपत्यकामा जोरबिजोर लागु भएसँगै सार्वजनिक यातयातमा यात्रुहरुको चाप झन बढेको छ । जुन कोरोना संक्रमण बढ्नुको मुख्य कारण बन्ने देखिन्छ ।

    images

    सरकारले माघ ९ गते राति १२ बजेदेखि लागु हुने गरी उपत्यकामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु गरेको छ । सवारी साधनमा गरिएको जोरबिजोर प्रणालीले सडकमा यातायातको चाप घटे पनि सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरको संख्या भने झन् बढेको बढेको छ ।

    सवारीसाधनमा जोरबिजोर प्रणाली अपनाउने तर सबै अफिस, उद्योग, कार्यालयहरु सञ्चालनमा रहेपछि सवारीसाधनमा यात्रुहरुको चाप बढ्नु स्वभाविक पनि हो। यसरी सवारीसाधनमा बढेको चाप र भिडभाडले झन कोरोना संक्रमणको जोखिम बढ्ने हो कि  भन्ने आशंका बढेको छ । 

    यस्तै, जोरबिजोर प्रणालीले  संक्रमण झन फैलने गरेको यात्रुहरुको गुनासो छ। साधन भएका पनि जोरबिजोर प्रणालीले सार्वजनिक यातायात चढ्न बाध्य भएको यात्रुहरुको गुनासो छ। ‘मेरो आफ्नै सवारी साधन छ, तर जोरबिजोरले गर्दा आज काममा सार्वजनिक बसमा चढ्नु पर्यो,’ यात्रु केदार कार्कीले भने ‘मोटरसाइकलमा म एक्लै हिड्थे अब यो प्रणालीले एक दिन बसमा एक दिन आफ्नो साधनमा हिड्न बाध्य छु।’ यसरी यात्रा गर्दा कोरोना संक्रमणको थप बढ्ने उनको बुझाइ छ।

    उनी मात्र होइन सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकांश यात्रु संक्रमण जाेखिम बढ्रने हाे भन्दै यात्रा गर्न बाध्य छन् । सवारी साधन हुँदाहुँदै पनि यात्रुहरू जाेखिममाेलेर यात्रा गर्न बाध्य छन् । ‘नचढे समयमा अफिस पुगिदैन, चढे काेराेना सर्ने हाे कि भन्ने डर छ,’ एक यात्रुले भनिन् । स्वास्थ्य मापदण्ड पालन गरेर यात्रा गरेपनि याे भिडभाडले काेराेना लाग्दैन भन्ने के ग्यारेन्टी छ उनकाे प्रश्न छ।

    अर्की यात्री राधिका मगर भन्छिन्, ‘सबै कार्यालय, अफिस, होटल, पसललगायतका हरेक क्षेत्रहरु सञ्चालन गरेर सार्वजनिक यातायाताको संख्या घटाएपछि यात्रुको चाप बढ्ने नै भयो ।’ सबै क्षेत्र सञ्चालन गरेर सवारीसाधनको संख्या घटाउने सरकारको निर्णय गलत भएको उनको तर्क छ।

    यसरी हरेक क्षेत्र सञ्चालनमा राखेर मानिसहरु आवतजावत गर्ने यातायातको संख्या कम गर्नुले सार्वजनिक यातायातमा मानिसको भिडभाड कम हुनुको साटो झन् बढदै जाने देखिन्छ।

    जोरबिजोर प्रणाली लागु भएदेखि सडकमा सवारीसाधनको चाप घटेको भएपनि सार्वजनिक यातायातमा भने मानिसहरुको चाप अत्याधिक बढेको छ। अब यो निर्णयलाई दोहोराएर नसोचेको खण्डमा सार्वजनिक यातायात कोरोना संक्रमण फैलाउने मुख्य कारण बन्ने समय लाग्ने छैन । सरकार एक पटक सोच्ने पो हो कि ? 


    पदम भुजेल
    लेखकबाट थप