२४ घण्टामा नै विश्वकप फाइनलको एक लाख ४० हजार भन्दा बढी टिकट माग

२४ घण्टामा नै विश्वकप फाइनलको एक लाख ४० हजार भन्दा बढी टिकट माग


  • 8.3K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    २४ घण्टामा नै विश्वकप फाइनलको एक लाख ४० हजार भन्दा बढी टिकट माग

    काठमाडौं, ९ माघ । कतारमा हुने फिफा विश्वकप फुटबलको फाइनल खेलको टिकट २४ घण्टामा नै एक लाख ४० हजार भन्दा बढीले माग गरेका छन्।

    images

    गएको बुधबार खुल्ला गरिएको टिकट बिक्रीमा २४ घण्टाभित्रै एक लाख ४० हजार भन्दा बढी दर्शकले फाइनल खेलका लागि टिकटको माग गरेको फिफाले जनाएको छ। कतारले आयोजना गर्ने विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ।

    विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमता भएको लुसल स्टेडियममा हुनेछ। स्टेडियमको क्षमता भन्दा बढी टिकटको माग भए लक्की ड्रमार्फत टिकट बिक्री गरिने फिफाले जनाएको छ ।

    उद्घाटन खेलका लागि पनि ८० हजार भन्दा बढीले टिकटको माग गरेका छन्।

    विश्वकपको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ जसको दर्शक क्षमता भने ६० हजार रहेको छ । समग्रमा २४ घण्टाभित्रै १२ लाख टिकटको माग भएको छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप फाइनल
  • # फिफा

  • तेस्रो आँखा