काठमाडौं, ९ माघ । विभागिय टोलि नेपाल पुलिसलाई दुई शून्यको गोल अन्तरले हराउँदै मनाङ मस्र्याङदी क्लब जारी आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार पोखराको पोखरा रंंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागिय टोली नेपाल पुलिसलाई दुई शुन्यको गोल अन्तरले हराएको हो।
पहिलो हाफमा दुबै टीमले गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
खेलको ८७ औं मिनेटमा गोल गर्दै ओलावाले आफिजले मनाङको अग्रतालाई दोब्बर बनाए। केही अवसर बनाए पनि गोल गर्न नसक्दा छ पटकको आहा रारा गोल्ड कप च्याम्पियन नेपाल पुलिस क्वार्टर फाइनलबाटै बाहिरिनु परेको हो।
मनाङले भने अब सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्री स्टार क्लब बीचको विजेता टिम सँग खेल्ने छ। भोली सोमबार हुने खेलमा संकटा क्लब र मछिन्द्र क्लब बीच दुई तीस बजे पोखरा रंगशालामा नै हुने छ।
सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा गोल्डकपमा १० टिमको सहभागिता रहेका छ। आयोजक सहारा क्लब भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
