काठमाडौंं, १० माघ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि मरिससको टोली नेपाल आइपुगेको छ । सोमबार मरिससको ३३ सदस्यीय टोली १२ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
मरिसस र नेपाली राष्ट्रिय फुटबल टिमसँगको दुई मैत्रीपूर्ण खेल दशरथ रंगशालामा जनवरी २९ र फेब्रुअरी एक मा हुने छ । मरिसस फिफा वरीयतामा एक सय ७२ औं स्थानमा रहेको छ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले पछिल्लो पटक साफ त्याम्पियनको तयारी स्वरुप सेप्टेम्बरमा भारतसँग दशरथ रंशालामा दुई मैत्रीपूर्ण खेल खेलको थियो ।
