• ट्रेण्डिङ्ग :
दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारलाई ओलीको आग्रह

दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारलाई ओलीको आग्रह


  • 3.0K
    SHARES
    • चैत्र ६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारलाई ओलीको आग्रह

    काठमाडौँ, ६ चैत/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

    images

    अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

    हिजो  पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् ।


    तेस्रो आँखा