• ट्रेण्डिङ्ग :
आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह


  • 4.7K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.3K Views

    आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ। 

    आज पनि कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    ‘बुधबार काठमाडौँमा दिनभर नै वर्षा भएको छ। तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ,’ महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने।

    बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८।५ मिलिमिटर वर्षा भएको थियो। 


    तेस्रो आँखा