काठमाडौं, ११ माघ । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा थ्री स्टारलाई पारजित गर्दै आर्मी सेमिफानइलनमा प्रेवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनलको अन्तिम खेलमा त्रिभुवन आर्मीले थ्री स्टार क्लबलाई एक शुन्यको गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७१ औं मिनेटमा टेक बस्नेतले गरेको गोलमा त्रिभुवन आर्मीले अग्रता लिएको थियो । टेक बस्नेतले गरेको उत्त गोल नै आर्मीको जितको निर्णायक गोल बन्यो । त्रिभुवन आर्मीले अब सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब सँग प्रतिस्पर्धा गर्ने छ ।
मनाङ नेपाल पुलिसलाई क्वार्टरफाइनलमा दुई शुन्यले पराजित गर्दै सेमिफाइनलमा पुगेको टोली हो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उपविजेता टिमले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने छन् ।
