आहा रारा गोल्डकपः सेमिफाइनलबाट दर्शकलाई प्रवेश अनुमति 

आहा रारा गोल्डकपः सेमिफाइनलबाट दर्शकलाई प्रवेश अनुमति 


  • 6.1K
    SHARES
    • माघ ११, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आहा रारा गोल्डकपः सेमिफाइनलबाट दर्शकलाई प्रवेश अनुमति 

    काठमाडाैं,११ माघ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट दर्शकलाई प्रवेश अनुमति दिएको छ । गोल्डकपको सेमिफाइनलबाट स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै दर्शकले रंगशाला गएर खेल हेर्न पाउने आयोजक सहारा क्लब पोखराले जनाएको हो । 

    images

    स्थानीय प्रशासनले लागु गरेको सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै खेल हेर्न आउने सिमित दर्शकलाई अनुमति दिने आयोजको भनाइ छ । यस अघिका सम्पूर्ण खेल दर्शक विहीन अवस्थामा संचालन भइरहेको थियो ।  आयोजकले खेल हेर्न आउने दर्शकको लागि तीन सयको टिकट दर कायम गरेको छ । टिकट प्रभु–पे बाट किन्न सकिने आयोजकले जनाएको छ ।

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उपविजेता टिमले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने छन् । 

     

  • सम्बन्धित विषय:

  • # आहा रारा गोल्ड कप

  • तेस्रो आँखा
    लेखकबाट थप