आहा राराः सेमिफाइनलको पहिलो खेलमा मछिन्द्र र एपिएफ भिड्दै 

आहा राराः सेमिफाइनलको पहिलो खेलमा मछिन्द्र र एपिएफ भिड्दै 


  • 6.2K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    आहा राराः सेमिफाइनलको पहिलो खेलमा मछिन्द्र र एपिएफ भिड्दै 

    काठमाडौं, १२ माघ । आहा रारा गोल्डकपको सेमिफाइनलको पहिलो खेलमा आज मछिन्द्र क्लब र विभागिय टिम एपिएफ भिड्दै छन्।

    images

    पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा सेमिफाइनलको खेल आज देखि  शुरु हुँदै छ। खेल दिनको दुई तीस बजे पोखरा रंगशालामा हुँदै छ।

    दुबै टिम आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्। यस खेलको विजेता टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

    एपिएफले क्वार्टफाइनलमा बीवाईएसी मिनेसोटा युएसएलाई तीन एक गोल अन्तरले पाराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

    त्यस्तै, मछिन्द्र क्लबले क्वार्टरफाइनलमा साविक विजेता संकटा क्लबलाई चार एक गोल अन्तरले पाराजित गर्दै एपिएफसँगको भेट पक्का गरेको हो ।