• ट्रेण्डिङ्ग :
चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै


  • 3.3K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

    काठमाडौँ, १५ चैत/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । 

    images

    नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो । 

    “उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।


    तेस्रो आँखा