• ट्रेण्डिङ्ग :
अलपत्र स्वास्थ्य भवन निर्माण सुरु

अलपत्र स्वास्थ्य भवन निर्माण सुरु


  • 3.8K
    SHARES
    • चैत्र १६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    अलपत्र स्वास्थ्य भवन निर्माण सुरु

    तुलसीपुर,१६ चैत/ लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ ।

    images

    उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । ८ बर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो । सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ सुनिश्चित गरेपछि उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रुपमा अघि बढाएको छ ।

    जुन योजना २९ लाख लागतमा निर्माण हुँुदैछ ।  भवन निर्माण भएपछि स्थानीय खुसी भएको बेद बोहराले बताए ।


    तेस्रो आँखा