सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते 

सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते 


  • 5.9K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते 

    रसुवा, १२ माघ । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन्। 

    images

    पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ। उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए। घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ। मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन। 
     

     

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # रसुवा
  • # घाइते
  • # सुख्खा पहिरो

  • तेस्रो आँखा