काठमाडौं, १२ माघ । नेपाल कम्यिुनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताएका छन् ।
आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताए। राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उनले बताए ।
नेपाली कांग्रेसले छ, 'नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट रहेको छ। उनले भने, हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ।'
आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ। एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै रु पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै रु २५ अर्ब खर्च हुने उनले बताए।
