काठमाडौं, १२ माघ । आहा रारा गोल्डकपक फुटबलको सेमिफाइनलमा मछिन्द्रलाई तीन एक गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब उपाधि नजिक पुगेको छ।
बुधबार पोखरा रंगशालामा भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा एपिएफले मछिन्द्र माथि तीन एकको रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो। विभागीय टोली एपिएफले २५ औं मिनेटमा सनिष श्रेष्ठको गोलमा अग्रता लिएकोे थियो।
त्यसपछि खेलको ४० औं मिनेटमा ओमालेजाले मछिन्द्रको लागि गोल गर्दै खेललाई बराबरीमा फर्काएको थिए। खेलको ६९ औं मिनेटमा प्रदिप लामाले एपीएफको लागि गोल गर्दै दुई एक को अन्तरमा पुराए।
त्यसपछि खेलको इन्जुरी समयमा कप्तान नविन लामाले गोल गर्दै तीन एक को गोल अन्तर बनाए। फाइनलमा पुग्ने पहिलो टोली बनेको एपिएफले अब फाइनलमा त्रिभुवन आर्मी र मनाङ मछिन्द्र क्लबबीचको बीजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ।
एपिएफले क्वार्टफाइनलमा बीवाईएसी मिनेसोटा युएसएलाई तीन एक गोल अन्तरले पाराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने मछिन्द्र क्लबले क्वार्टरफाइनलमै साविक विजेता संकटा क्लबलाई चार एक गोल अन्तरले पाराजित गर्दै एपिएफसँगको भेट पक्का गरेको थियो।
भोली बिहीबार आर्मी र मनाङ फाइनल प्रवेशका लागि एक अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिने छन्। खेल पोखरा रंगशालामा दिनको दुई तीस बजे हुने छ।
सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा गोल्डकपको विजेताले दश लाख एक हजार तथा उप विजेताले पाँच लाख एक हजार पुरस्कार पाउने छन्।
