हेटौंडा १९ चैत/ आमाको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो ।
घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पालुङले निज मिलनलाई थाहा नगरपालिका १० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।
