गुगलका सीइओ सुन्दर पिचाइसहित ६ अधिकारीविरुद्ध मुद्दा

गुगलका सीइओ सुन्दर पिचाइसहित ६ अधिकारीविरुद्ध मुद्दा


  • 9.2K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    गुगलका सीइओ सुन्दर पिचाइसहित ६ अधिकारीविरुद्ध मुद्दा

    एजेन्सी, १३ माघ । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाइसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ।

    images

    ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ।

    भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो। गुगलले आफ्नो अनुमतिविना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

    भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 
     

     

  • सम्बन्धित विषय:

  • # गुगल
  • # सीइओ
  • # सुन्दर पिचाइ

  • तेस्रो आँखा