• ट्रेण्डिङ्ग :
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन : महामन्त्री थापा

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन : महामन्त्री थापा


  • 3.3K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.1K Views

    स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन : महामन्त्री थापा

    काठमाडौँ, २४ चैत/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ ।

    images

    परिवर्तन नेपाल अभियानले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताउनुभएको हो ।

    “स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।

    पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।

    नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले स्वास्थ्य शिविर गाउँगाउँसम्म लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले जनतामा स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

    परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले अभियानले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो । सो अवसरमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीलगायतको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा