• ट्रेण्डिङ्ग :
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


  • 2.4K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    भोलि सार्वजनिक बिदा

    काठमाडौँ, २८ चैत/ सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । 

    images

    सरकारले हरेक वर्षको ईद-उल फित्र (ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम  दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

    मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् । 


    तेस्रो आँखा