बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन

बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन


  • 6.6K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन

    एजेन्सी, १४ माघ । चीनमा बेइजिङ नजिकैको क्षेत्रमा लकडाउन गरिएको छ। कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट एक सय किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन्।

    images

    करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो। त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए। 

    चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्धविना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ। 

  • सम्बन्धित विषय:

  • # चीन
  • # बेइजिङ
  • # लकडाउन

  • तेस्रो आँखा