• ट्रेण्डिङ्ग :
भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु


  • 3.7K
    SHARES
    • चैत्र ३०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

    हुम्ला,  ३० चैत/ हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

    images

    हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताउनुभयो । अहिले उहाँको शव  आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा