काठमाडौं, १५ माघ । पहिलो पटक आहा रारा गोल्ड कपको उपाधि उचाल्दै एपिएफले इतिहास रचेको छ । आहा रारा गोल्डकपमा एपिएफले उपाधि उचालेको यो पहिलो पटक हो ।
शनिबार पोखरा रंगशालामा भएको २० औं संस्करणको आहा रारा गोल्ड कप फुटबलमा फाइनल खेलको पेनाल्टी सुटआउटमा मनाङ मस्र्याङदी क्लबलाई पाँच चारको गोल अन्तरले पराजित गर्दै विभागिय टिम एपिएफले उपाधि उचालेको हो ।
खेलको २० औं मिनेटमा युवराज खड्काको गोलमा मनाङ विरुद्ध एपिएफले अग्रता लिएको थियो ।
पहिलो हाफमा एक शुन्यले पछाडी परेको मनाङको लागि खेलको ६७ औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा फ्रेङ्कलिनले हेडिङ मार्फत गोल गर्दै मनाङलाई दुई शुन्यको अग्रतामा पुर्याए।
तर इन्जुरी समयको पहिलो मिनेटमा एपीएफका रबि थिङले गोल गरेर खेललाई बराबरी बनाउँदै अतिरिक्त समयतर्फ धकेलेका थिए । अतिरिक्त समयमा दुबै तर्फबाट गोल नआएपछि दुई दुई को बराबरीमा नै खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा एपएिफका नविन लामा, सनिस श्रेष्ठ, रवी थिङ, मणी लामा र अमान्ड बिडोमले गोल गर्न सफल भए ।
मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गर्न सफल भए । तर मनाङका ओलावाले अफिजको प्रहारलाई एपीएफका गोलकिपर युया कोरियामाले रोक्न सफल भएपछि मनाङको हातबाट उपाधि फुस्केको हो ।
यस जित सँगै उपाधि विजेता बनेको एपिएफले दश लाख एक हजार पुरस्कार प्राप्त गरेको छ भने उप विजेता मनाङले पाँच लाख एक हजारमै चित्त्त बुझाउनु परेको छ ।
