काठमाडौं, १५ माघ । नेपालले मरीससलाई १ शून्यले पराजित गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा नेपालले मरीससलाई एक शून्यले पराजित गरेको हो ।
नेपालका लागि दोस्रो हाफमा विमल घर्तीले गरेको एक गोल नै निर्णायक बन्यो । नेपालले सन २०११ यता पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।
२०११ मा नेपालले भुटानलाई पराजित गरेको थियो । त्यसयता नेपाल अन्तर्राष्ट्रियमैत्री पूर्ण खेलमा जितविहिन थियो ।
