अन्तर्राष्ट्रिय कवि सम्मेलन

अन्तर्राष्ट्रिय कवि सम्मेलन


  • 3.3K
    SHARES
    • बैशाख ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.0K Views

    अन्तर्राष्ट्रिय कवि सम्मेलन

    काठमाडौँ, ५ वैशाख । परम्परागत  विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । मंगलबार सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।

    images

    उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो । 

    सम्मेलन  टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र  नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो । सम्मेलनमा  विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।


    तेस्रो आँखा