• ट्रेण्डिङ्ग :
प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिपलाई शल्यकृया गरी निकाल्न सफल

प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिपलाई शल्यकृया गरी निकाल्न सफल


  • 3.4K
    SHARES
    • बैशाख ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिपलाई शल्यकृया गरी निकाल्न सफल

    दाङ, ५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिपलाई शल्यmित्रया गरी निकाल्न सफल भएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरिएको हो । 

    images

    प्रतिष्ठानका रेडियोलोजिष्ट डा. वम विसी, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहीतको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यकृया गरिएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कडेलले जानकारी दिनु भयो । 

    शल्यकृयामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा. वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यकृया हुने गरेकोमा हाल रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधिबाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताउनु भयो । विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारको क्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहितको स्वास्थ्यकर्मी र नर्सको टोलीले नचिरेर सफल शल्यकृया गरेको जानकारी दिनु भयो ।

    ‘पहिले–पहिले कलेजो, किड्निमा जमेको पिप निकाल्न चिरेर नै शल्यकृया गरिन्थ्यो, त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो’ डा. वमल भन्नुभयो ‘कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि वित्रिबाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने विरामीलाई समस्या पनि भएन्, यो विधि धेरै राम्रो मानिएको छ ।’  

    यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई वेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकिने, छिटोछरीतो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा. कडेलले बताउनु भयो । विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखि जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनु भयो । 

    सूचना अधिकारी भट्टराईले कलेजो, किड्निमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यकृया यही विधिबाट गरीएको जानकारी दिनु भयो ।


    तेस्रो आँखा