कोरोना जोखिम उच्च तर विद्यालय खोलिँदै

कोरोना जोखिम उच्च तर विद्यालय खोलिँदै


  • 11.3K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    कोरोना जोखिम उच्च तर विद्यालय खोलिँदै

    दाङ, १६ माघ । घोराही उपमहानगरपालिकाले अनुमति दिएको भन्दै उपमहानगर क्षेत्रका विद्यालयहरुले आफ्ना बिद्यार्थीहरुलाई विद्यालय खुल्ने र पढ्न आउनका लागि आग्रह गरे । फलतः आइतबार विद्यार्थीहरु विद्यालय पुगे अनि भौतिक उपस्थितिमै पढाई सञ्चालनसमेत भयो।

    images

    आइतबारदेखि विद्यालय खोलेको जनाउ दिएका विद्यालयहरुले अब भौतिक रुपमा पढाई सञ्चालन हुने भनेरसमेत जानकारी गराएका छन्। यहाँसम्म की केही विद्यालयहरुले त ओमिक्रोन नामक कोरोना भाईरस त्यति शक्तिशाली नभएको भन्दै विद्यालय खोल्नुलाई सामान्य नै मानेका छन्।

    तर, उपमहानगरले भने पढाई सञ्चालनका लागि भनेर विद्यालय खोल्न अनुमति दिने निर्णय गरेकै छैन। एक वडा अध्यक्षका अनुसार विद्यालयको प्रशासन मात्रै खोल्ने र विद्यार्थीहरुलाई खोप लगाउन मात्रै भनिएको हो। ‘विद्यालय खोलेर पढाई सञ्चालन गर्ने भन्ने कुनै निर्णय भएको हैन,’ ती वडा अध्यक्षले भने ‘विद्यार्थीहरुलाई खोप लगाउनका लागि विद्यालय प्रशासन मात्रै खोल्ने निर्णय हो।’

    घोराही क्षेत्रका विद्यालयहरुले भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेर स्कुले वालवालिकाहरुको स्वास्थ्यमाथि चरम खेलवाड गरेका छन्। ती वडा अध्यक्ष भन्छन् ‘यस्तो बेलामा विद्यालय खोलेर भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्नु विद्यार्थीहरुको स्वास्थ्यमाथि गम्भीर खतरा निम्त्याउनु हो।’

    त्यसो त, स्थानीय प्रशासनलेसमेत विद्यालय सञ्चालनका बारेमा कुनै निर्णय गरेको छैन । खोप प्रयोजनका लागि मात्रै विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। ‘विद्यालयमा भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्नेगरी विद्यालय खोल्ने भनिएको हैन,’ रेग्मीले भने ‘खोप प्रयोजनका लागि मात्रै हो।’

    त्यसोत, स्वास्थ्य मन्त्रालयसमेतले अहिले विद्यालय खोल्नु वालवालिकाहरुको स्वास्थ्यमाथि अधिक जोखिम कायम गरिदिने काम हुने वताएको छ।  उसका अनुसार अहिले कोरोना संक्रमणको जोखिम अधिक रहिरहेका कारण यो अवस्थामा विद्यालय खोलिनु निकै खतरा हो। ‘यस्तो जोखिमको अवस्थामा बिद्यालय खोलेर पढाई सञ्चालन गरिनु त राम्रो कदम हुँदै भएन,’ स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले भने ‘खोप प्रयोजनका लागि मात्रै विद्यालय खोल्न सकियो, तर पढाई सञ्चालन गर्नु त भएन।’ 

    कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रलेसमेत तत्काल विद्यालय सञ्चालन नगर्न सरकारलाई सिफारीससमेत गरेको छ। शुक्रबारको सिसिएमसीको बैठकले विद्यालय, कलेज तथा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ मसान्तसम्म बन्द गर्न भन्दै सरकारलाई सिफारीस गरेको छ। ‘सिसिएमसीको बैठकले नै अहिले विद्यालय खोल्नु स्वास्थ्यका दृष्टिले ठिक छैन, भनेर सरकारलाई सिफारीस गरेको छ भने जोखिम कति छ भन्ने कुरा त यहीँबाटै प्रष्टै हुन्छ,’ स्वाथ्यमन्त्रालयका सचिव डा. पोख्रेलले भने ‘तर जिल्लागत रुपमा कसरी के का आधारमा विद्यालय खोलिए ? यो अचम्मको कुरा हो नि।’ 

     

     

     


    तेस्रो आँखा