रोहीत चन्द आवद्ध पर्सिजा पेर्सिराजासँग पराजित

रोहीत चन्द आवद्ध पर्सिजा पेर्सिराजासँग पराजित


  • 9.8K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    रोहीत चन्द आवद्ध पर्सिजा पेर्सिराजासँग पराजित

    काठमाडौं, १६ माघ । इन्डोनेसियाको लिग वान फुटबलमा नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द आबद्ध पर्सिजा जकार्ताले पेर्सिराजासँग हार बेहोरेको छ।

    images

    आइतबार भएको खेलमा पर्सिजा पेर्सिराजा बन्दा सँग एक शुन्य गोल अन्तरले पाराजित भएको हो। पेर्सिराजालाई जित दिलाउन भीभी अस्रिजालले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए।

    खेलको ८२ औं मिनेटमा पर्सिजाका टोनी सुसिप्टोले पेनाल्टीमा गोल गर्न नसकेपछि पर्सिजाले हार बेहोर्नु परेको हो। रोहित चन्दले पेर्सिराजाविरुद्धको खेलमा पुरै समय मैदानमा बिताएका थिए।

    यो हारसँगै पर्सिजाले २२ खेलमा ३२ अंक जोडेर तालीकाको छैटौं स्थानमा चित्त बुझाउनु परेको छ। त्यस्तै पेर्सिराजा भने ११ अंक जोडेर तालिकाको पुछारमानै बसेको छ।


    तेस्रो आँखा