ग्यान्समा पेलेरै जाने रणनीति !

ग्यान्समा पेलेरै जाने रणनीति !


  • 33.1K
    SHARES
    • बैशाख ८, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 51.0K Views

    ग्यान्समा पेलेरै जाने रणनीति !

    अस्टिन । टेक्सासको अस्टिन सिटी र वरिपरीका नेपाली भाषीहरुको हितका निम्ति स्थापना गरिएको ग्रेटर अस्टिन नेपाली समाज ( ग्यान्स ) संस्थाको विवाद शिखरमा पुगेकाे छ । विवाद आगामी २१ अप्रिलका दिन हुने भनिएको निर्वाचनका सन्दर्भमा मात्र केन्द्रीत छ । पेलेरै भएपनि अगाडी बढने रणनीतिमा वर्तमान कार्यसमिति लागी परेको बुझिएको छ । तर संस्थाका अधिकांश सदस्यहरु त्यस प्रवृत्तिको विरोधमा छन् । हिजो र अस्तीका दिन संस्थासँग आवद्ध दुईवटा समुहहरूले विभिन्न बुँदामा असहमति जनाउँदै ग्यान्सका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । उनिहरुले ग्यान्सका निश्चत व्यक्तिहरुले निहित स्वार्थका निम्ति निर्वाचन सम्बन्धि बनाएका नियमहरु र देखाएका प्रवित्तीहरुको स्पष्ट शब्दमा विरोध जनाएका छन् । र २१ अप्रिलमा गर्ने भनिएको निर्वाचनलाई तत्काल रोक्ने माग गरेका छन् । 

    images

     ज्ञापनपत्र बुझेका ग्यान्सका अध्यक्ष लगायतका वर्तमान पदाधिकारीहरुले सदस्यहरुको विमति उपर छलफल गरेर समस्या समाधान गर्ने दिशातर्फ सकारात्मक छैनन । बरु, भनेकै मितिमा चुनाव गर्ने र त्यसपछि अधिवेशन सम्पन्न गर्ने तर्फ दृढ़ रहेको छनक दिएका छन् । फेलेरै अगाडी बढने उनिहरुको नियती देखिन्छ । ग्यान्सको आधिकारिक फेसबुकका पोस्टहरुले यस्तै आशय व्यक्त गरेको छ । 

    अर्कोतर्फ ग्यान्सले अपडेट गरेका यस्ता पोस्टहरुमा आएका कमेन्टहरुले त्यहाँभित्रको चरम असन्तुष्टिको सहज अनुमान गर्न सकिन्छ । अपितु, ग्यान्सले नीति नियम निर्माणमा सामुहिक सहभागिता रहेको र त्यस्ता विरोधाभाषपूर्ण अभिव्यक्तिहरू प्रकट नगर्न डिप्लोमेटिक भाषामा सुष्म आग्रह गरिएको आभाष आउँछ । 

    ग्यान्सको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मिथिलेश यादव र महासचिवका उम्मेदवार प्रदिप चौलागाई सहितका सातजनाले सातवटा बुँदामा असहमति जनाउँदै हिजो नै निर्वाचन रोक्न माग गरेका छन् । हिजो ग्यान्सका पदाधिकारीहरुलाई भेटेर उनिहरुले ज्ञापन पत्र पनि बुझाएका थिए । र २१ अप्रिल आईतवारका दिन हुने निर्वाचनलाई बहिस्कार गरेको घोषणा समेत उनिहरूले गरेका छन् । उम्मेदवारहरुले नै नियम र विधान विपरित गएर निर्वाचन गर्न खोजेको आरोप लगाएपछि ग्यान्समा कुनै न कुनै खिचडी पाक्न लागेको हुनसक्ने सहज अनुमान जोसुकैले पनि लगाउन सकिन्छ । तर ग्यान्सको संस्थापन पक्षले भने फरक मत राख्ने सबैको भावनालाई लत्याउँदै तोकिएकै मितिमा निर्वाचन गर्ने मनसायमा अडिक देखिन्छ । 

    यता संस्थाकै आधिकारिक फेसबुकमा संस्थासँग जोडिएका तिलक भण्डारीले निर्वाचन प्रकृयाका बारेमा नभई भ्रष्टाचारका बारेमा आशंका गरेका छन् । नियम र विधिको पालना नगर्नु पनि भष्ट्राचार हुने उनको ठरह छ । यो एउटा प्रतिनिधि कमेन्ट्सको अंश मात्र हो । यस्ता कयौं असुष्टीहरु संस्थाका सदस्यहरूले कमेन्ट्स मार्फत व्यक्त गरेका छन् । 

    हेरौं, फेसबुकमा गरिएका केही प्रमुख कमेन्ट्सहरु :- 

    20240419_201921.jpg

     

    सातवटा बुँदामा असहमति जनाउँदै उम्मेदवारहरुले नै इमेल मार्फत पठाएको ज्ञापनपत्र ।

     

    IMG-20240418-WA0010.jpg
    IMG-20240418-WA0011.jpg

     

    IMG-20240418-WA0012.jpg


    डिबि रावत
    लेखकबाट थप