• ट्रेण्डिङ्ग :
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव


  • 3.0K
    SHARES
    • बैशाख ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    कञ्चनपुर, ११ वैशाख । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । 

    images

    महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखि खोपको अभाव भएको जानकारी दिनुभयो । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

    भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गर्नुभयो । “घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । 

    अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्कपाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गर्नुभयो ।


    तेस्रो आँखा