एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी


  • 8.8K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

    काठमाडौं, १८ माघ। मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल) ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ ।

    images

    एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो । एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो । 

    ‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    mca-nepal-bigyapti.jpg

     

  • सम्बन्धित विषय:

  • # एमसीसी सम्झौता
  • # एमसीए नेपाल

  • तेस्रो आँखा