मेट्रो कलेजमा फुड फेस्टिबल

मेट्रो कलेजमा फुड फेस्टिबल


  • 4.0K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    मेट्रो कलेजमा फुड फेस्टिबल

    तुलसीपुर १६ वैशाख/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की दुर्गा विक अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरीपौरामा रहेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा फुड एण्ड डेरी टेक्नोलोजी पढी रहेकी छिन् । पहिले फुड एण्ड सम्बन्धि कुनै जानकारी नपाएकी उनी कलेजमा भर्ना हुन आएपछि सरहरुले फुड एण्ड डेरीको महत्व र यो विषय बढ्दा हुने फाइदाको विषयमा जानकारी दिएपछि उनी अहिले पाँछौं सेमेस्टरमा अध्ययन गरिरहेकी छिन् ।

    images

    घर परिवारबाट समेत फुड एण्ड डेरी टेक्नोलोजी विषय पढ्नको लागि स्विकृत पाएछि उनी सोही विषय पढी रहेकी छिन् । फुुड एण्ड डेरी टेक्नोलोजी विषय पढ्न थालेपछि अहिले उनी पुस्तकारी, ससेज, म.म गुतपाक, कुकिज, खुवा, जाम, बनाउन सिपालु भएकी छिन् । फुड एण्ड डेरी टेक्नोलोजी विषयको पढाई सकेपछि आफ्नै ठाउँमा व्यवसाय गर्ने उनको ईच्छा छ ।

    यसैबीच आइतबार खाद्य स्वच्छता र राम्रो दायित्व विषयक अन्तरक्रिया तथा फुड फेस्टिबल कार्यक्रम सम्पन्न भएको छ । फुड एण्ड डेरी टेक्नोलोजी डिपार्टमेन्ट तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । क्याम्पस प्रमुख बसन्त आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं क्याम्पसका संस्थापक धनशयाम पाण्डे, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाध्य निरिक्षक राजेश चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष मोहन पौडेलको विशेष उपस्थितीमा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले स्वास्थ्य संग जोडिएको कुरा आहार विहार रहेको बताउँदै विद्यार्थीहरुलाई बजारमा खपत हुने खालको परिकार बनाउनु आग्रह गरे । हामीले उत्कृष्ट र गुणस्तरिए, स्वादिष्ट नेपाली खाना तुलसीपुरमा पाउँछ भनेर हुँदैन यो कुरा उपभोक्ताहरुले भन्नु पर्ने बताए । विद्यार्थीहरुले बनाएको फुड एण्ड डेरी गुणस्तर खान योग्य बनाएमा उपभोक्ताहरु आफै खोजेर खाने उनले बताए । अब विद्यार्थीहरु आफुले सिकेको सिप दाङसहित अन्य बजारमा लैजान आग्रह गरे । 

    विशिष्ट अतिथि धनश्याम पाण्डे नेपालका चारवटा कलेजमा मात्रै फुड एण्ड डेरी टेक्नोलोजीको पढाइ सुरु भएको बताए । अहिले नेपालीहरुले खाने खानाबाट नसर्ने रोगको प्रकोप वढेको भन्दै स्वस्थ खाना खाएमा औषधि खाए सरह हुने बताए । खाद्य स्वच्छता, खाद्य गुणस्तर संगै रैथाने खानालाई प्रवर्धन र ब्रान्डिङ थारु खाना, गुरुङ, मगरको रैथाने ज्ञानलाई व्यवसायीकरण गरेर अन्तर्राष्ट्रिय स्तरसम्म लैजानु पर्ने बताइन् । कार्यक्रममा रेखा शर्माले स्वच्छता र गुणस्तरमा उत्पादक र उपभोक्ता सजक हुनु पर्ने बताइन् । उत्पादक र उपभोक्ताले आफ्नो बानीलाई परिवर्तन गर्न नसकेमा जटिल स्वास्थ समस्या हुन सक्छ बताइन् ।

    खाद्य निरिक्षक राजेश चौधरी, खाद्य वस्तु  स्वच्छता, गुणस्तर जिवनमा महत्त्वपूर्ण रहेको बताए । खाद्य गुणस्तर छ कि छैन भनेर जाँच गर्नको लागि प्रत्येक पालिकामा फुड टेक्निसियन राख्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बसन्त आचार्यले तुलसीपुर बहुँप्राविधिक शिक्षालयमा अध्यन गरेका ८० प्रतिशत विद्यार्थी स्वदेशमै रोजगारी प्राप्त गरेको बताए । चाउचाउ उद्योगदेखि विभिन्न स्थापित कम्पनीहरुमा हाम्रा विद्यार्थीहरु आवद्ध भएका छन्,स्वदेशमै रोजगारी पाएको देख्दा हामी एकदमै खुशी छौ उनले भने । कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गरेकी थिइन् ।


    तेस्रो आँखा